नयाँ वर्षमा डिशहोमको ‘मिसन ८१’ अफर
नयाँ वर्ष २०८१ सालको शुरूआतसँगै डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ।
यस योजनामा डिशहोमका ग्राहकले मात्र तीन हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्। डिलरदाइमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
देशभर रहेका डिशहोमका डिलर तथा सबडिलर मार्फत ग्राहकले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यस योजनामा सहभागिता जनाउन सक्नेछन्।