मोहनविक्रम सिंह ८८ वर्षमा फेरि मसालको महामन्त्री
नेकपा (मसाल)को महामन्त्रीमा फेरि मोहनविक्रम सिंह चयन भएका छन्।
मसालको काठमाडौंमा सम्पन्न महाधिवेशनले सिंहलाई महामन्त्री चयन गरेको हो। ८८ वर्षीय सिंह सातौं पटक मसालको महामन्त्री बनेका हुन्।
लामो समय भूमिगत रहेका उनी पछिल्लो समय अर्धभूमिगत रहँदै आएका थिए। मसालको महाधिवेशन पनि चैत २९ मा काठमाडौंमा अर्धभूमिगत शैलीमै सम्पन्न भएको छ।
उनी करीब पाँच दशकदेखि मसालको नेतृत्वमा छन्। २०२८ सालमा कोअर्डिनेशन केन्द्र बनेको थियो। त्यति वेला उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी लगायत नेताहरूसँग विद्रोह गरेर केन्द्रमा लागेका थिए।
२०३१ सालमा नेकपा (मसाल)को चौथो महाधिवेशन भएको थियो। त्यति वेला उनी शक्तिशाली महामन्त्री बनेका थिए। त्यसयता कारबाहीमा परेको समय बाहेक नेतृत्व गर्दै आएका छन्।