ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू)
इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।
ईद ३० दिनसम्म व्रत बसेर पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएका कारण आज पर्व सारिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।
ईद धार्मिक हिसाबले निकै पवित्र पर्व मानिन्छ। मुस्लिम धर्म अनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महीना मानिन्छ। राष्ट्रिय जनगणना, २०७८ का अनुसार कुल जनसंख्याको ५.९ प्रतिशत मुस्लिम समुदाय छ।