कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका थिए।
प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।
नयाँ गठबन्धन बनेसँगै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनको ठाउँमा गठबन्धनबाट नेकपा (एमाले) संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका हुन्।
उनलाई एमालेका १०, माओवादीका १३ र नेकपा (एकीकृत समाजवादी)का एक गरी २४ सांसदको समर्थन छ।
मुख्यमन्त्री शर्माले शपथ लिए पनि मन्त्री भने नियुक्त भएका छैनन्। गठबन्धनमा सहभागी दलसँग छलफल गरेर छिटै मन्त्रिपरिषद् विस्तार गर्ने कँडेलले बताए।