नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि नयाँ कार योजना ल्याएको छ।
यस योजना अन्तर्गत टाटा मोटर्सको शोरूममा भएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ। त्यस्तै, जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्ज गर्न सकिनेछ।
यसका लागि एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क गरिने कम्पनीले जनाएको छ। यो योजना टाटा मोटर्सको देशभर रहेका शोरूममा लागू हुने भएको छ।