गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
गैंडाको आक्रमणबाट कावासोती नगरपालिका-१०, रतवल निवासी ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक वेदबहादुर पौडेलले बताए।
कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी महतोको उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पताल, डन्डामा मृत्यु भएको प्रहरीले जनाएको छ।