कोशीका माओवादी मन्त्रीले दिए राजीनामा
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन्।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिएका हुन्। मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट तीन मन्त्री सहभागी थिए।
पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती; खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र सामाजिक विकासमन्त्री राजेन्द्रकुमार कार्की सरकारमा सहभागी थिए।
नयाँ सत्ता गठबन्धन बनेसँगै नेकपा (एमाले) र माओवादीले नयाँ सरकार गठनका लागि छलफल गरिरहेका थिए। उनीहरूले प्रदेश प्रमुखलाई बहुमत देखाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आह्वान गर्ने भएका छन्।