नेपालले जित्यो एसएमएस कपको उपाधि
नेपालले भारतमा भएको एसएमएस फ्रेन्डशिप कपको उपाधि जितेको छ।
भारतको गुजरातमा आइतबार भएको फाइनल खेलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात १५८ रनमै समेटियो।
नेपालका लागि अविनाश बोहराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ७४ र आशिफ शेखले ३४ रन बनाएका थिए।
त्यस्तै, गुजरातका लागि सेन पटेल र तेजस पटेलले एक-एक विकेट लिएका थिए।
प्रतियोगितामा बरोदाले पनि प्रतिस्पर्धा गरेको थियो। नेपाल र गुजरात फाइनलमा पुगेका थिए भने बरोदा लिग चरणबाटै बाहिरिएको थियो।