स्टेफनको शतकमा नेपालले पायो २८५ रनको लक्ष्य
स्टेफन डोहेनीले शतक प्रहार गरेपछि आयरल्यान्ड वुल्भ्सले तेस्रो एकदिवसीय खेलमा नेपालको ‘ए’ टोलीलाई २८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले नौ विकेटको क्षतिमा २८४ रन बनाएको हो। आयरल्यान्डका लागि प्रारम्भिक ब्याटर स्टेफनले शतक प्रहार गरे। उनले १२९ बलमा आठ चौका र दुई छक्काको मद्दतले १०७ रन बनाए।
त्यस्तै, पेटर मूरले ४४, म्याथ्यु हमफेयर्सले २३, मोर्गन टपिङले २१, फिन ह्यान्डले २०, बेन ह्वाइटले १९ र गेभिन होएले १४ रन बनाए।
नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले तीन-तीन तथा विकास आग्री र शहाब आलमले एक-एक विकेट लिए।
एकदिवसीय शृंखलाका दुई खेल आयरल्यान्डले जितिसकेको छ। अन्तिम खेलमा पनि नेपालले ठूलो लक्ष्य पाएको छ।