एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक
नेकपा (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ।
आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले बताए। प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने भएको छ।
बैठकमा महाधिवेशनका दुई हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन्। परिषद् बैठकको तयारी गर्न थालिएको छ। एमालेको विधानमा राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकता अनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्छ।