जसपाबाट हसिना खान समानुपातिक सांसदमा सिफारिश
जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानलाई सिफारिश गरेको छ।
सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि समानुपातिक सांसद पद रिक्त थियो। रिक्त स्थानमा जसपाले २७ वर्षीया खानको नाम सिफारिश गरेको हो।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले खानलाई सिफारिश गर्ने निर्णय गरेको जसपा केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
त्यस्तै, जसपाको बैठकले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ।