नेपाल एसएमएस कपको फाइनलमा
गुजरातलाई पराजित गर्दै नेपाल टी-२० एसएमएस फ्रेन्डशिप कपको फाइनलमा पुगेको छ।
भारतमा चलिरहेको प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा गुजरातलाई आठ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले १७६ रन बनाउन सक्यो।
गुजरातका लागि उमंग टन्डेलले ४७, हर्ष देसाईंले २९, अभिषेक देसाईंले २० र स्मित पटेलले १९ रन बनाए। नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले दुई-दुई तथा विवेक यादवले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा १८१ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ८५ रन बनाए। उनले ५१ बलमा १० चौका र पाँच छक्का प्रहरी गरे। त्यस्तै, कुशल भुर्तेलले ६७ रन बनाए।
गुजरातका लागि जयमित पटेलले तीन, आर्यन देसाईं र धरुशान्त सोनीले दुई-दुई विकेट लिए।