ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि ग्लोबल आइएमई ब्यांंक र अलोईबीच समझदारी
ग्लोबल आइएमई ब्यांक लिमिटेडले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ।
यस समझदारीपछि ग्लोबल आइएमई ब्यांकले अलोईको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ। यस समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने ब्यांकले जनाएको छ।
ब्यांकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित ब्यांकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।