पाठ्यपुस्तकका गल्ती केलाउँदा सरकारी निकायबाटै अपजस पायौं : होमराज आचार्य
“पाठ्यक्रम बनेपछि स्वीकृत गर्नुअघि त्यसबारे व्यापक छलफल गर्नुपर्नेमा सानो समूहमा सीमित गरिंदै आएको छ। हामीकहाँ गम्भीर ढंगले लागेर राम्रो काम गर्नेभन्दा टाकटुके प्रवृत्तिले प्रश्रय पाएको हुँदा राम्रो परिणाम आउन नसकेको हो।”
शिक्षा क्षेत्रमा दुई दशकदेखि सक्रिय नीति विश्लेषक हुन्, होमराज आचार्य। उनले अमेरिकाको वाशिङ्टन डीसीको मेयरको कार्यालयमा शिक्षाविद्का रूपमा शिक्षा नीति परिमार्जनमा काम गरेको अनुभव सँगालेका छन्। उनी संस्थापक रहेको संस्था ‘एजुकेशन इन एभ्री होम’ ले एक वर्ष लगाएर नेपालको सार्वजनिक विद्यालयका पाठ्यपुस्तकहरू अध्ययन र समीक्षा गरी गत फागुन १० मा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले विद्यालयका पाठ्यपुस्तकहरू निर्माणको चरणदेखि नै असमावेशी रहेको निष्कर्ष निकालेको छ। उक्त ‘अडिट रिपोर्ट’ र यसका नतीजामा केन्द्रित भएर शिक्षाकर्मी आचार्यसँग हिमालखबरले गरेको कुराकानी :
अन्तर्वार्ता : महेश्वर आचार्य
क्यामेरा : सुमन नेपाली
अडिओ तथा सम्पादन : सोमित अधिकारी
पूरा स्क्रिप्ट : ‘पाठ्यपुस्तकका गल्ती केलाउँदा सरकारी निकायबाटै अपजस पायौं’