आरिफको उत्कृष्ट प्रदर्शनमा नेपालको २१३ रन
आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आयरल्यान्डसँगको अन्तिम टी-२० मा २१३ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले सात विकेटको क्षतिमा २१३ रन बनाएको हो। नेपालका लागि आरिफ शेखले ९३ रन बनाए। उनको सबैभन्दा उच्च स्कोर हो।
उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे। उनी अविजित रहे।
त्यस्तै, रसिद खानले २४, बसिर अहमद र कमलसिंह ऐरीले १९-१९ तथा पवन सर्राफले १३ र विनोद भण्डारीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आयरल्यान्ड वुल्भ्सका लागि फिन ह्यान्डले दुई, लिम म्याकार्थी, गेरेथ डेलानी, म्याथ्यु फोस्टर र गभिन होएले एक-एक विकेट लिए।
नेपालको ‘ए’ टोली र आयरल्यान्ड वुल्भ्सबीच टी-२० शृंखला चलिरहेको छ। शृंखलाका पहिलो दुई खेलमा आयरल्यान्ड वुल्भ्सले जितेको थियो।