हुन्डाईको गाडी खरीद गर्दा ६ लाखसम्म नगद छूट योजना
हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ल्याएको छ।
चैत १९ गतेदेखि देशभर शुरू भएको योजनामा तीन गुणा नगद छूटको व्यवस्था गरेको छ। यस योजना अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँसम्म नगद छूट र १० लाखसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
यस योजनामा गाडी खरीद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाइने भएको छ। त्यस्तै, स्क्य्राचको तीन गुणासम्म नगद छूट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध गराउँदै आएको छ।