गुजरातमा नेपालको विजयी शुरूआत
भारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डशिप कपमा नेपालले विजयी शुरूआत गरेको छ।
त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले पराजित गरेको छ। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर सजिलै पूरा गरेको हो।
नेपालका लागि रोहित पौडेलले ३३, अनिल साहले ३२, कुशल भुर्तेलले १७ र आशिफ शेखले १६ रन बनाए। गुजरातका लागि हेमांग पटेल र तेजस पटेलले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन बनाएको थियो। गुजरातका लागि रुद्र पटेलले २३, हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईंले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न पनि सकेनन्।
त्यस्तै, नेपालका लागि गुल्सन झाले चार, करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए।
प्रतियोगितामा नेपाल र गुजरातसँगै बरोडको टोलीले पनि प्रतिस्पर्धा गर्नेछ।