गुजरातले नेपाललाई दियो ९९ रनको लक्ष्य
भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डशिप कपको पहिलो खेलमा नेपालले ९९ रनको लक्ष्य पाएको छ।
त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन बनाएको हो।
गुजरातका लागि रुद्र पटेलले २३, हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईंले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न पनि सकेनन्।
त्यस्तै, नेपालका लागि गुल्सन झाले चार, करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए।
प्रतियोगितामा नेपाल र गुजरातसँगै बरोडको टोली पनि प्रतिस्पर्धा गर्नेछ।