डढेलोमा जलेर घाइते भएकी महिलाको मृत्यु
डढेलोमा जलेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
डोटीको शिखर नगरपालिका-४, सेलबुंगाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनी स्थानीय बासिन्दासँगै पातालीसैन सामुदायिक वनमा सिंचाइका लागि कुलो खन्न गएकी थिइन्। कुलो खन्ने क्रममा डढेलोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह गएको थियो।
जलेर घाइते भएपछि उनलाई राजपुरस्थित सुजङ अस्पतालमा भर्ना गरिएको थियो। सामान्य उपचारपछि धनगढी रेफर गरिएको थियो।
धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार चलिरहेको थियो। उपचारका क्रममै आज बिहान १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए।