मुटुमा समस्या आएपछि नेता रायमाझी अस्पताल भर्ना
मुटुमा समस्या आएपछि नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
नेता रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। मुटुमा समस्या भएपछि सेन्टरमा भर्ना गरिएको परिवारजनले बताएका छन्।
नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले बताए। “रिंगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो,” डा. पौडेलले भने।
अहिले मुटुको ईसीजी गरेर चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ। नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी एमालेको सचिवबाट निलम्बनमा छन्।