दोहोरो अंकले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
बुधबार नेप्से परिसूचक १०.८३ अंकले घटेर दुई हजार ३०.८६ को बिन्दुमा कायम भएको छ। आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार २४९ पटक खरीदबिक्री हुँदा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ।
उत्पादन तथा प्रशोधन समूह ०.९१ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह १.७२ र व्यापार समूह १.६० प्रतिशतले घटेका छन्।
आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनी छन्। उक्त संस्थाको शेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको नौ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका दुई लाख ३० हजार १८२ कित्ताको खरीदबिक्री भएको छ।