जसपाका कार्कीले लिए राज्यमन्त्रीको शपथ
जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री बनेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ (९) बमोजिम सोमबार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नवनियुक्त राज्यमन्त्री कार्कीले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री दाहालले उनलाई शपथ खुवाएका हुन्।
जसपाकै नवलकिसोर साह सुडी वन तथा वातावरणमन्त्री छन्।