हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
यसले विद्युतीय हिटरबाट स्टीम उत्पादन गर्नेछ। यो दक्षिणएशियामै पहिलो पटक सञ्चालन गरिएको युनिलिभरले जनाएको छ।
पछिल्लो पटक युनिलिभर नेपालले कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न नयाँ प्रविधि जडान गर्दै आएको छ। गत एक वर्षमा ६ करोडको लगानीमा उपकरण जडान गरिएको जनाएको छ।
निकट भविष्यमा डिजेल जेनेरेटर चलाउन बायोडिजेलको प्रयोग गर्ने योजना बनाएको छ। यसले साइटलाई शतप्रतिशत हरित ऊर्जाबाट सञ्चालन गर्न सक्षम हुने कम्पनीले जनाएको छ।
नयाँ बायलर उद्घाटन समारोहमा बोल्दै युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ अमलन मुखर्जीले नेपालमा युनिलिभरलाई ‘नेटजिरो’ तर्फ लैजाने बताए। त्यसै योजना अन्तर्गत विद्युतीय बायलर सञ्चालन गरिएको बताए।