आयरल्यान्डले नेपाललाई दियो १२२ रनको लक्ष्य
बलरले प्रभावशाली प्रदर्शन गरेपछि आयरल्यान्डसँगको पहिलो टी-२० मा नेपालले १२२ रनको लक्ष्य पाएको छ।
टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले सबै विकेट गुमाएर १२१ रन बनाएको हो। आयरल्यान्डका लागि स्टेफन डोहेनीले ४६ रन बनाए। उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, लियाम म्याकर्थी र थोमस मायसले १६-१६ तथा फियोन ह्यान्डले ११ रन बनाए। आयरल्यान्डका अन्य खेलाडी टिकेनन्। उनीहरूले दोहोरो अंकमा रन जोड्न पनि सकेनन्।
नेपालका लागि ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले दुई-दुई, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।