ग्लोबल आईएमई ब्यांकका १११ शाखामा वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल आईएमई ब्यांक लिमिटेडका १११ वटै शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका छन्।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्ष्यित वर्ग पहिचान गरी एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको ब्यांकले जनाएको छ।
देशव्यापी रूपमा आयोजना गरिएको कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीको सहभागिता थियो।
कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल ब्यांंकिङ, बीमा, लगानी, अतिरिक्त ब्यांंकिङ सेवा, वित्तीय ठगी रोक्ने र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ। ब्यांकले आफ्ना ३५४ वटै शाखा मार्फत वित्तीय साक्षरता तथा डिजिटल ब्यांंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।