विनोद भण्डारीको नेतृत्वमा नेपाली ‘ए’ टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड वल्भससँगको प्रतियोगिताका लागि विनोद भण्डारीको नेतृत्वमा नेपाली ‘ए’ टोली घोषणा गरेको छ।
आइतबार घोषणा गरिएको नेपाली टोलीको टी-२० र एकदिवसीय प्रतियोगिताका लागि भण्डारीलाई नेतृत्व दिइएको छ। टी-२० टोलीमा लोकश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी विकास आग्री छन्।
त्यस्तै, एकदिवसीय टोलीमा अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बशिर अहमद, कमलसिंह ऐरी, शहाब आलम, रञ्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।
क्यानले ‘ए’ टोलीका लागि ४० जना खेलाडीलाई प्रारम्भिक सूचीमा राखेको थियो। त्यसमध्ये १५-१५ जनालाई टी-२० र एकदिवसीयका लागि छनोट गरेको हो।
नेपालले सोमबार र मंगलबार आयरल्यान्डको टोलीसँग टी-२० प्रतियोगिता खेल्दै छ। त्यसपछि ‘ए’ टोलीको प्रतियोगिता हुनेछ।