पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि एनसेललाई सम्मान
पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि सरकारले एनसेललाई सम्मान गरको छ।
काठमाडौंमा आयोजित न्याशनल वर्कशप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाइसचिव सुशीलचन्द्र तिवारीले एनसेललाई सम्मानस्वरूप कदरपत्र प्रदान गरेका छन्। एनसेलले पूर्व सूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्याएको योगदानका लागि कदरपत्र प्रदान गरिएको जनाएको छ।
सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ।
कदरपत्र ग्रहण गर्दै एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा खुशी जनाए। उनले एनसेलले सेवा प्रदान गर्ने समुदाय र नागरिकको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता अनुरूप सहकार्य गरिरहेको बताए।