ग्लोबल आईएमई ल्यायो ग्रीन ड्राइभ योजना
ग्लोबल आईएमई ब्यांंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रीन ड्राइभ योजना ल्याएको छ।
यस ग्रीन ड्राइभ योजना अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि चारपांग्रे सवारीसाधन खरीद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म स्थिर ब्याजदरमा कर्जा पाइनेछ। कर्जाको अवधि पाँच वर्षसम्मका लागि स्थिर ९.४९ प्रतिशत र पाँच वर्षभन्दा बढीका लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ।
न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको योजनामा सरल तरीकाले छिटो कर्जा उपलब्ध हुने ब्यांकले जनाएको छ।