आयरल्यान्डसँग खेल्ने नेपाली क्रिकेट टोली घोषणा
आयरल्यान्डसँग टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहरा र आकाश चन्द छन्।
नेपालले आयरल्यान्डसँगको दुई वटा टी-२० खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपाल र आयरल्यान्डको खेल चैत १२ र १३ गते हुनेछ।
यही टोलीले भारतको गुजरातमा हुने एसएमएस फ्रेन्डशिप कपमा पनि प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।