सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक [पूर्ण पाठ]
सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा साझा संकल्प सार्वजनिक गरिएको हो। साझा संकल्पमा शेयर बजारलाई नीतिगत सुधार मार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औं आवधिक योजनाको वस्तुनिष्ठ मूल्यांकन गरी १६औं आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसंगतिमुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य राखिएको छ।
साझा संकल्प पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले वाचन गरेका थिए।
सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) समावेश छन्।
साझा संकल्पको पूर्ण पाठ