अफरोड ट्र्याकमा एमजी-४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’
एमजीको नेपालका लागि वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेको छ।
‘एमजी-४ स्ट्रेन्थ टेस्ट : इन्डुरेन्स इन एड्भर्सिटी’ नाम दिइएको यो परीक्षण पहिलो पटक आयोजना गरिएको हो।
धुलिखेलमा रहेको डर्ट टेम्पलमा आयोजित विशेष कार्यक्रममा एमजी-४ ईभीको ‘इन्डुरेन्स’ परीक्षण गरिएको थियो। डर्ट ट्र्याकमा सहभागीले हिलो बाटो, शार्प टर्निङ, हील असिस्ट र ओरालो लगायतमा एमजी ४ ईभीको परीक्षण गरेका थिए।
त्यस्तै, ‘ईभी एमजी फोर’ लाई डर्ट ट्र्याकमा चलाइएको थियो। ट्र्याकमा पटहोल, ठाडो उकालो, शार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ परीक्षण गरिएको थियो।