एमाले मधेश सरकारमा सहभागी, यादव बने मन्त्री
नेकपा (एमाले) पनि मधेश प्रदेश सरकारमा सहभागी भएको छ।
एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले मन्त्री पदको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।
यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई हटाएर मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका यादवलाई मन्त्री बनाएका हुन्।
मुख्यमन्त्री यादवले कांग्रेसका तीनै मन्त्रीलाई हटाएका हुन्। उनीहरूले सम्हालिरहेका मन्त्रालय आफैसँग राखेका छन्।
एमालेलाई थप मन्त्रालय दिने विषयमा छलफल भइरहेको मुख्यमन्त्री यादवले बताए। एमाले र माओवादी नेतासँग छलफल गरेर मन्त्रालयको टुंगो लगाउने उनले बताए।