नेपालको ‘ए’ टोलीका लागि ४० खेलाडी छनोट
आयरल्यान्डसँगको शृंखलाको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ४० खेलाडी छनोट गरेको छ।
नेपाल ‘ए’ टोलीले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। त्यसका लागि नेपाली टोलीको तयारी थालिएको क्यानले जनाएको छ।
नेपालको ‘ए’ टोलीका लागि रित गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बशिर अहमद, विपिन खत्री, मौसम ढकाल, रजनीत कुमार, प्रतिश जीसी, विकास आग्री, नारायण जोश, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, रूपेश सिंह, सहाब आलम, शेर मल्ल, दीपेश कँडेल, रिजन ढकाल, आकाश चन्द र कमलसिंह ऐरी छनोट भएका छन्।
यस्तै, छनोट भएका खेलाडीमा विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर साह, किरण ठगुन्ना, सुजन थपलिया, रशिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की छन्।