कर्णाली पुल आजबाट खुला
आगलागीका कारण बन्द भएको कर्णाली नदीको पुलमा आजदेखि सवारी आवागमन शुरू भएको छ।
आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो। नेपालगन्जस्थित सडक डिभिजन कार्यालयका इन्जिनीयर नीरज शाक्यले भने, “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौं।”
गत सोमबार पुलमा गुडिरहेको ट्रकमा आगो लाग्दा पुलका १४ वटा लट्ठामा समेत क्षति पुगेको थियो।