टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा गरिएको छ।
नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सात वर्ष वा त्योभन्दा कम उमेर समूहमा इज्यान खान मलिक, एरिका अधिकारी र साहित्य अयेर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्।
त्यस्तै, आठदेखि ११ वर्ष उमेर समूहमा जिनिशा जेन, रय्यसिंह महर्जन र आर्याव जोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्। १२ वर्षदेखि १५ वर्ष उमेर समूहमा ओञ्जाला महर्जन, जेनिशा थापा र जुनिया राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।
विजेताले जापानमा हुने प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्। प्रतियोगितामा देशभरका ८०० बालबालिका सहभागी थिए।
टोयोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्ष यस्तै प्रतियोगितामा ९० देशका सात लाख ८० हजार बालबालिका सहभागी थिए।