सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित
सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको आइतबारको बैठक स्थगन भएको छ।
आइतबार बिहान प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा निधन भएको हो। हृदयाघात भएकी सांसद अन्सारीलाई उपचारका लागि सिभिल अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए। सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिएको हो।
प्रतिनिधि सभाको अर्को बैठक फागुन ५ गते बिहान ११ बजे बस्नेछ।