जवाफदेहिता निगरानी समितिको संयोजकमा चापागाईं
जवाफदेहिता निगरानी समितिको संयोजकमा अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन्।
संवैधानिक तथा मानव अधिकार कानूनका क्षेत्रमा क्रियाशील चापागाईंलाई समितिको शुक्रबार बसेको बैठकले दुई वर्षका लागि संयोजक चयन गरेको हो। चापागाईं संवैधानिक कानून व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी नेपालका संस्थापक अध्यक्ष हुन्।
सहसंयोजकको जिम्मेवारी मानव अधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुइँकेल र अधिवक्ता रुकमनी महर्जनले पाएका छन्। कुइँकेल एम्नेस्टी इन्टरन्याशनल नेपालका पूर्व अध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविद्यालयको कानून संकायका उपप्रध्यापक हुन्।
निगरानी समितिको बैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा बसेको थियो।