पहेंलो गुलाफ दिवसमा १० जना पुरस्कृत
जोन्टा क्लब काठमाडौंले पहेंलो गुलाफ दिवसका अवसरमा १० जना महिलालाई पुरस्कृत गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने महिलालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो। कार्यक्रममा वन्दना राणालाई राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार, सुनीता डंगोललाई अमर राणा गेम चेन्जर पुरस्कार, सरिस्मा बस्नेत र प्रेरणा सापकोटालाई ज्योति छात्रवृत्ति पुरस्कार तथा खुशी श्रेष्ठ र दीप्ति गौतमलाई इन्द्रकला छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै, कार्यक्रममा अनसङ शेर्पा, मैयाँ श्रेष्ठ, सुनीता कोइराला, यशोधरा थापा र रजनी श्रेष्ठलाई पनि सम्मान गरिएको छ। यससँगै हिंसामा परेका महिलालाई कानूनी सेवा प्रदान गर्ने कानून व्यवसायीलाई पनि सम्मान गरिएको छ।
आआफ्नो क्षेत्रमा अविस्मरणीय छाप छोडेका १० जना उत्कृष्ट महिलालाई सम्मान गर्न पाउँदा गौरवान्वित महसूस गरेको जोन्टा क्लब काठमाडौं प्रमुख आबा शाहले बताइन्।