योजना आयोगका चार सदस्यको राजीनामा स्वीकृत
सत्ता गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगका चार सदस्यले दिएको राजीनामा उपाध्यक्ष मीनबहादुर श्रेष्ठले स्वीकृत गरेका छन्।
आयोगका सदस्यहरू प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, आरपी विच्छा र जयकान्त राउतले दिएको राजीनामा स्वीकृत भएको उपाध्यक्ष श्रेष्ठका प्रेस सल्लाहकार रोयल आचार्यले जानकारी दिए।
बुढाथोकी, ढुंगाना र विच्छा नेपाली कांग्रेस तथा राउत जनमत पार्टीको सिफारिशमा सदस्य बनेका थिए। कांग्रेस र जनमत पार्टी प्रतिपक्षमा पुगेसँगै आयोगका सदस्यहरूले राजीनामा दिएका हुन्।