इलाम-२ मा डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिने
इलाम २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूले उम्मेदवारी दिने भएका छन्।
प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको हो। शिक्षण पेशाबाट आएका लिम्बू संयुक्त संघर्ष समितिका अध्यक्ष हुन्।
फागुन ३० गते बसेको पहिचान पक्षधर संघसंस्थाहरूको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छौं।’
इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।