कार टी सेल थेरापी अमेरिकामा भन्दा १० गुणा सस्तोमा उपलब्ध गराउँछौं : डा. सञ्जीवन गौतम
‘कार टी सेल’ बिरामीकै शरीरभित्र रहेको ‘टी’ नामक प्रतिरक्षा कोषको प्रयोग गरेर उपचार गरिने प्रविधि हो। प्रयोगशालामा बनाइएका कोषहरूले काइमरिक एन्टिजेन रिसेप्टर (कार) भन्ने प्रोटिन बोक्छन्, जसलाई ‘कार टी सेल’ भनिन्छ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा स्नातकोत्तर गरेका सञ्जीवन गौतमले जर्मनीको युनिभर्सिटी अफ फ्राइबर्गबाट विद्यावारिधि गरे। अमेरिकाको न्याशनल क्यान्सर इन्स्टिच्यूटबाट ‘पोस्टडक्टरल’ गरेका उनी अहिले बेलायतको एस्ट्राजेनेका फर्मास्युटिकल्सको ‘सेल थेरापी’ विभागका सहनिर्देशक छन्। एस्ट्राजेनेका फर्मास्युटिकल्समा उनले क्यान्सरको उपचारमा प्रयोग हुने ‘कार टी सेल थेरापी’ र ‘इम्युनो अन्कोलोजी’ मा काम गरिरहेका छन्। भर्खरै नेपाली प्रयोगशालामा कार टी सेलको परीक्षण सफल भएको उनको समूहको दाबी छ।
कार टी सेल थेरापी र नेपालमा यसको सान्दर्भिकता लगायत विषयमा गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :
अन्तर्वार्ताः सागर बुढाथोकी, भिडियोः सुमन नेपाली, अडियो र सम्पादनः सोमित अधिकारी