ठमेलमा ग्लोबल आइएमई ब्यांकको नयाँ एक्सटेन्सन काउन्टर
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले काठमाडौं महानगरपालिका-२६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै ब्यांंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यो काउन्टर सञ्चालनमा आएसँगै ब्यांकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरको संख्या ६७ पुगेको छ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन ब्यांंकिङ सेवा, रेमिटेन्सको सुविधा लगायत सबै किसिमका साधारण ब्यांंकिङ सेवा उपलब्ध हुनेछन्।
ग्लोबल आइएमई ब्यांंकका देशैभर ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित ब्यांंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्र छन्।