उपाधि जित्न नेपालले पायो १७२ रनको लक्ष्य
हङकङमा जारी टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले १७२ रनको लक्ष्य पाएको छ।
मिसन रोड मैदानमा बुधबार टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आठ विकेटको क्षतिमा १७१ रन बनाएको हो। पपुवा न्यूगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ६१ रन बनाए।
त्यस्तै, एली नाओले ३०, हिला भरले १८, हिरी हिरी हिरीले १५, किप्लिङ डोरिगाले १४ र चाड सोपरले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले तीन-तीन तथा करण केसी र गुल्सन झाले एक-एक विकेट लिए।
समूह चरणमा नेपालले पपुवा न्यूगिनीलाई हराएको थियो। हङकङसँगको खेल भने पानी परेपछि अवरुद्ध भएको थियो।