प्रतिनिधि सभामा विश्वासको मत लिंदै प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वासको मत दिन सबै सांसदलाई आग्रह गरेका छन्। उनले यसअघि पनि सबैको साथ पाएको र अहिले पनि पाउने विश्वास व्यक्त गरेका छन्।
नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदै छन्।