सरकार र आरती साहका परिवारबीच पाँचबुँदे सहमति
दिवंगत आरती साहका परिवार र गृह मन्त्रालयबीच पाँचबुँदे सहमति भएको छ।
घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका-९, थापाचोकका २२ की आरती साहका परिवार र गृह मन्त्रालयबीच गएराति सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।
सहमतिपत्र अनुसार कर्तव्य ज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुने थप प्रमाणहरू कानून बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाइने भएको छ। यस्तै, अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी घटनाको विषयमा अध्ययन गर्ने उल्लेख छ।
यसैगरी, अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानून बमोजिम पुनः अभियोजन समेत गर्ने, आरती साहका परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने तथा साहको परिवारका तर्फबाट भइरहेका आन्दोलनका कार्यक्रमहरू आजका मितिबाट फिर्ता लिने सहमति भएको छ।
सम्बन्धित समाचार :
माइतीघरमा छोरीका लागि न्याय खोजिरहेकी आमा