टोयोटाको महिला मोटर र्याली आगामी वैशाखमा
टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर र्याली २०२४’ आयोजना गर्ने भएको छ।
आगामी वैशाख ८ गते आयोजना गरिने सो र्यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
२० वर्षअघिदेखि शुरू भएको र्याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ। र्यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ।
कम्पनीले र्यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ।
र्यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने र प्रतिसहभागी तीन हजार प्रवेशशुल्क तोकिएको छ। विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सहभागी हुन चाहनेले फागुन ३० देखि चैत २८ सम्ममा नाम दर्ता गराउनुपर्ने कम्पनीले जनाएको छ।