जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षमा मतदान नगर्ने
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा मतदान नगर्ने भएको छ।
जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने बताए। अध्यक्ष चयन सहमतिमा हुनुपर्नेमा निर्वाचन प्रक्रियामा गएको भन्दै आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको विश्वकर्माले बताए।
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका छन्।