राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज, शर्मा र दाहाल उम्मेदवार
राष्ट्रिय सभा अध्यक्षका लागि आज हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ः०९ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ। राष्ट्रिय सभाको बैठकमा अध्यक्षको चुनाव हुनेछ।
राष्ट्रिय सभाका अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट सांसद नारायण दाहालले उम्मेदवारी दिएका छन्। दाहाललाई गठबन्धनमा रहेका दलको समर्थन छ।
त्यस्तै, नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन्। उनलाई विपक्षी दलको समर्थन छ।
अहिले राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।