टाटा मोटर्स स्प्रिङ एक्सचेन्ज एक दिन थप
टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकका लागि आयोजना गरेको स्प्रिङ एक्सचेन्ज क्याम्प एक दिन थप गरेको छ।
ग्याल्पो ल्होसारको अवसरमा क्याम्पको अवधि एक दिन थप गरिएको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ। यस क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडी साट्न सकिनेछ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै मेला आयोजना गरिएको कम्पनीले जनाएको छ।
स्प्रिङ एक्सचेन्ज क्याम्पमा टाटाका गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, हरेक बूकिङमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्न सक्नेछन्।