प्रधानमन्त्रीका भाइलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार बसेको माओवादीको पदाधिकारी बैठकले दाहालको नाम चयन गरेको हो। उनी प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।
राष्ट्रिय सभाका सांसद दाहाल माओवादी स्थायी समिति सदस्य पनि हुन्।
उनी २०७८ सालमा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए। उनको कार्यकाल चार वर्ष बाँकी छ।
त्यस्तै, नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।